२०८१ पुष १२ , शुक्रवार

माछापुछ्रे बैंकले गर्यो नायब प्रमुख कार्यकारी अधिकृत र नायब महाप्रबन्धकमा बढुवा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुछ्रे बैंक लि.को मिति २०८१/०३/२७ मा बसेको संचालक समितिको बैंठकले मिति २०८१/०४/०१ बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक लि., सनराइज बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि.मा समेतमा रही विभिन्न पदमा कार्य अनुभव रहेको छ ।

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंक लि. मा आवद्ध हुँदै आएको छ । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिन्न सकिन्छ । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेको छ ।

यसबाहेक उहाँले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरिसकेको छ ।