सुनाखरी न्युज/ काठमाडौं ।
पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् ।
शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको जानकारी दिए ।