२०८१ मंसिर ९ , आइतवार

प्रधानमन्त्रीमा ७६(२) अनुसार ओलीको दाबी पेश

Kp-oli-1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास गुमाए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन् ।

 

आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन् । एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘यो पटक सके पहिलो चरणमा, नभएमा दुई चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहन्छौं । हामीसँग फुर्सदमा काम गर्ने छुट पनि छैन ।’