२०८१ मंसिर ७ , शुक्रवार

पिलो के हो र किन आउँछ ?

pilo

सुनाखरी न्युज/ काठमाडौं ।

पिलो एक प्रकारको फोको हो, जुन शरीरको कुनै हिस्साको रौं टुट्नाले उत्पन्न हुन्छ ।

 

यसका कारण हुने घाउ अन्यभन्दा अलिक फरक र पीडादायी हुन्छ । पिलो भएमा शरीरका कुनै भागमा फोकाजस्तो देखिन्छ र त्यसमा पीप जम्न थाल्छ । पिलोको समस्या शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, हातगोडा, पिठ्युँ, काखीमुनि र जाँघको वरिपरि यस्तो समस्या बढी हुने गर्छ ।

पिलो भएमा शरीरको कुनै अंग रातो हुने, फुल्ने, सुन्निने, ढुसी पर्ने, पीप जम्मा हुने र पीप निस्कने गर्छ । पिलो भएमा उपचारका लागि बजारमा विभिन्न औषधी र मलम किन्न पाइन्छ । जबकि, आयुर्वेदिक औषधीद्वारा यसको समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

 

बेसार

पिलोको राम्रो औषधी बेसार पनि हो । बेसारमा एन्टि(एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । बेसारको प्रयोगले घाउको दुःखाई कम गर्न मद्दत गर्छ । पिलोको वरिपरि बेसारको लेप बनाएर लगाएको खण्डमा यसबाट छिट्टै राहत पाउन सकिन्छ । यस्तै, एक गिलास दूधमा एक चम्चा बेसार हालेर ४(५ दिनसम्म पिएको खण्डमा पनि पिलो छिट्टै निको हुन्छ ।

 

गहुँ

फाइबर र क्याल्सियमयुक्त गहुँ पिलोको राम्रो औषधि मानिन्छ । गहुँको केही दानालाई केहीबेर चपाएर त्यसको लेपलाई पिलो भएको ठाउँमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ ।

 

मेहेन्दी

पिलोको दुःखाई कम गर्न मेहेन्दीको प्रयोग लाभकारी हुनसक्छ । मेहेन्दीमा पाइने चिसो गुण यसका लागि फाइदाजनक हुने गर्छ ।

अझ, पिसेको मेहेन्दीलाई पिलो भएको ठाउँमा साँझबिहान बाक्लो लेप बनाएर लगाउनु पर्छ ।

निम

एन्टिबायोटिक तत्वले भरिपूर्ण निममा एन्टि(माइक्रोबियल गुण हुन्छ । बिनासाइड इफेक्ट निमले शरीरबाट पिलो निको पार्न मद्दत गर्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनु पर्छ ।

लसुन

लसुन पिसेर लेप बनाएर घाउमा लगाउनुस् । दैनिक २(३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि पिलोबाट राहत पाउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ, जसले पिलो निको पार्न मद्दत गर्छ । प्याजको एउटा स्लाइसलाई घाउमा राखेर कपडाले बाँध्नोस् । एक वा दुई घण्टापछि निकालेर यो प्रक्रिया पुनः दोहोर्‍याउनुस् । पिलो छिट्टै निको हुन्छ ।

दही, जिरा र कालो मरिच

दही र जिरा पाउडरको प्रयोगबाट पनि पिलोबाट छुटकारा पाउन सकिन्छ । जिरालाई मसिनो गरी दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाउँमा लगाउनुस् । पिलोबाट चाँडै छुटकारा पाउन सकिन्छ ।