२०८१ मंसिर १२ , बुधवार

अशोक राईले मागे यसअघि सम्हालेकै पुरानै दुई मन्त्रालय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ ।अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो ।

तर गत १७ असारमा नेपाली कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।