२०८१ पुष १० , बुधवार

इंग्ल्याण्डलाई हराउँदै स्पेनले उचाल्यो युरोकपको उपाधि

Capture

सुनाखरी न्युज/ काठमाडौं।

स्पेनले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन भएको छ । बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे ।

युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो ।यससँगै इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन।उपाधि जितेसँगै विश्व फुटबलमा स्पेनले आफ्नो प्रभुत्वलाई फेरि कायम राख्न सफल भएको छ । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।