२०८१ आश्विन ५ , शनिवार

तेल भिसा’को फर्स्टलुकमा जवान र वृद्ध विपिन, प्रदर्शन मिति तय

Capture

सुनाखरी न्युज/ काठमाडौं।

विपिन कार्की अभिनीत फिल्म ‘तेल भिसा’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माताले आइतबार बेलुका फस्टलुक पोस्टर सार्वजनिक गर्दै मंसिर ७ गते रिलिज हुने घोषणा गरेका हुन् ।

पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । सोमबारदेखि चितवनमा दोस्रो चरणको छायांकन सुरू गर्नुपूर्व फर्स्टलुकसहित नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र वृद्ध गरी दुई फरक चरित्रमा चित्रण गरिएको छ ।पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित अमेरिकी कलाकार छन् ।

उपयुक्त मिति लागेर नै यो मितिमा प्रदर्शन घोषणा गरिएको निर्देशक शंकर घिमिरे बताउँछन् ।फिल्ममा बुद्धि तामाङको पनि अभिनय छ।वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ।