सुनाखरी न्युज/ काठमाडौं।
लगातार चार कारोबार दिनदेखि बढेको सेयर बजारमा सोमबार करेक्सन आएको छ।पछिल्लो चार कारोबार दिन नेप्से परिसूचक १२०.८२ अंक बढिसकेको छ।
उक्त दिनमा नेप्से राम्रो अंकले बढेकाले नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेको छ। नेप्से ०.७६ प्रतिशतले घटेर २२४०.४१ विन्दुमा बन्द भएको छ।
सोमबार कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ। आज आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको सेयर कारोबार भएको छ।