२०८१ आश्विन ५ , शनिवार

‘नम्बरी सुन’ फिल्मले ल्यायो उपहार योजना,दर्शकलाई सुन उपहार दिने

Capture

सुनाखरी न्युज/ काठमाडौं।

साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ ले उपहार योजना ल्याएको छ। सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुन उपहार प्रदान गरिने जानकारी दिए।

‘वितरकसँगको सल्लाहमा यो योजना अघि सारेका हौं,’ खातीले भने, ‘खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्नेछौं।’ लक्की– ड्र मार्फत उपहार प्रदान गरिने उनले बताए।

सुन व्यवसायी खातीले पहिलोपटक फिल्ममा लगानी गरेका हुन्। उनले आफ्नो पेशासँग सम्बन्धित कथाको फिल्म भएकाले लगानी गरेको बताए।निर्देशक राजु गिरीले सुनको इतिहासलाई फिल्मले देखाउने प्रयास गरेको बताए। उनका अनुसार ६०-७० वर्ष अगाडिको कथालाई यसमा देखाउन खोजिएको छ।’

फिल्ममा गौरव पहारी, सरोज खनाल, नम्रता सापकोटा, विनोद न्यौपाने, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।शिवम अधिकारीको कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा सरोज खाती, सविन खाती, मनोज रिजाल छन्।