२०८१ मंसिर १२ , बुधवार

नेप्से परिसूचक ७०.१८ अंकले बढ्यो

share

सुनाखरी न्युज/ काठमाडौं।

मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ।नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा बन्द भएको छ।नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख २९ गते २३५० विन्दुमा नेप्से पुगेको थियो।

त्यसयताको आज उच्च विन्दु हो।मंगलबार कारोबार रकम गत छ महिनायताकै उच्च रहेको छ। आज नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

यसअघि गत माघ ३ गते नौ अर्ब ७६ करोडको सेयर कारोबार भएको थियो।आजको कारोबार त्यसयताकै उच्च हो।सोमबार भने आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रूपैयाँको सेयर कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रूपैयाँ वृद्धि भएको हो।यस दिन ३१५ वटा धितोपत्रको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको हो।