२०८१ पुष ११ , बिहिवार

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।सानिमा बंैकले प्रत्येक “नारी बचत खाता” खोले बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।

सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ ।पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत  हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् ।