सुनाखरी न्युज/ काठमाडौ्रं ।
काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्।
चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा बुधबार दिउँसो साढे १ बजे प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अन्दाजी ५० देखि ६० जना केबलकारमा फसेका छन्। यसरी फसेको खबरपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन्।
टावर नजिक भएका ८ जनाको उद्धार भएको एसपी अधिकारीले बताए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साढे २ बजे खबर भएपछि ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट २६ जनाको टोली खटिएको छ।
७-८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए। केबलकारमा यकिन कतिजना छन् भन्ने खुलेको छैन।