२०८१ पुष ८ , सोमवार

यस्तो छ कालीमाटीमा तरकारी भाउ

vegetable

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य १२० र गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम भएको छ । कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने केही तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। तनेबोडी पनि किलोमा १० रुपियाँ घटेको छ ।

यसदिन प्रतिकिलो ११० रुपियाँ रहेकामा अघिल्लो दिन भने १२० रुपियाँ रहेको थियो । त्यसैगरी कालीमाटीमा आज बन्दा ४५, स्थानीय ज्यापु काउली ११५, लाम्चो भन्टा ९५, तने बोडी ११०, करेला ९५, घिरौँला ११०, भिन्डी १२०, हरियो फर्सी ८५, कन्य च्याउ १६३, ब्रोकाउली ११०, रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

हिजो कालीमाटीमा रातो आलु ६९, सुकेको प्याज ९३, बन्दा ४५, स्थानीय काउली ८५, डल्ले भान्टा ९६, तने बोडी १२०, करेला ११०, घिरौँला ११०, परबल ६५, हरियो फर्सी ८५, भिन्डी १३०, रायोको साग १९३, कन्य च्याउ १५६ रुपैयाँ प्रतिकिलो थियो।