२०८१ आश्विन ५ , शनिवार

‘नम्बरी सुन’ले दर्शकलाई पुरस्कृत गर्ने

Numbari-Sun

सुनाखरी न्युज/ काठमाडौं।

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा हालै अयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मको तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन्। सुन व्यवसायी रहेका उनले खल्ती एपबाट फिल्म हेर्ने पाँचजना र त्यसभन्दा बाहिरका सात जनालाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरे। उनका अनुसार उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने छ। फिल्मका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्षअघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथा बोल्ने बताए।

प्रस्तुतकर्ता खाती पेशाले सुन व्यवसायी हुन् । फिल्मका निर्देशक राजु गिरीले फिल्मले झण्डै ७० वर्ष अघि घर–घर पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गर्ने बताए । ‘अहिलेका दर्शकले मनपराउने फ्लेभरको माया प्रेम, सेन्टिमेन्टल र कमेडी फ्लेभर फिल्ममा छ’, उनले भने ।

फिल्मकी नायिका नम्रता सापकोटाले फिल्ममा आफूले प्रेम प्राप्त गर्न संघर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गरेको बताइन् । ‘अहिलेसम्म मैले गरेका फिल्मभन्दा केही फरक काम ‘नम्बरी सुन’मा छ’, उनले भनिन् । नायक विनोद न्यौपानेले फिल्ममा आफू सहायक चरित्रमा देखिए पनि त्यो चरित्र दर्शकले मनपराउने दाबी गरे । फिल्ममा गौरव पहारी, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ ।