२०८१ पुष ११ , बिहिवार

सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला  दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक  रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट मार्केटिङ अधिकृत  अन्जन कर्मचार्यज्यूले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण  गरेका छन् ।दुर्घटनाका कारण मृत्यु भएका दिनेश कार्कीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरु प्रदान गर्दै आइरहेको छ ।