२०८१ मंसिर १० , सोमवार

ओमानको समुन्द्रबाट आठ भारतीय नागरिकको उद्धार

Capture

सुनाखरी न्युज/ काठमाडौं।

भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले बिहीबार ओमानको समुद्रमा तेल ट्याङ्कर पल्टिएर भएको दुर्घटनाबाट आठ भारतीय नागरिकहरूको उद्धार गरिएको र हाल उनीहरुको उपचार भइरहेको बताउनुभएको छ ।

“दुर्भाग्यवस एकजना भारतीय नागरिको भने शव फेला परेको छ । भारत सरकारले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित परिवारलाई सबै सम्भव सहयोग सुनिश्चित गरिरहेको छ”, उहाँले भन्नुभयो ।

ओमानको समुद्रमा जुलाई १५ मा ’एमभी प्रेस्टिज फाल्कन’ जहाज पल्टिएपछि भारतीय नौसेनाको तत्काल खोजी र उद्धार अभियान सुरु गरेको थियो । हालसम्म आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित जहाजबाट नौ जना चालक दलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको छ।भारतीय नौसेना र ओमानी अधिकारीहरूले बाँकी बेपत्ता चालक दलका सदस्यहरू खोजी कार्य जारी राखेका छन् ।

“एमभी फाल्कन जहाजमा सवार १६ जना चालक दलका सदस्यमध्ये आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित नौँ जना सदस्य जीवित फेला परेका छन्। बाँकी सदस्यहरूको खोजी र उद्धार कार्य जारी रहनेछ“, भारतीय नौसेनाले जनाएको छ ।  रासस/एएनआई