२०८१ पुष ११ , बिहिवार

नेपाल एसबिआई बैंकद्वारा एक्सटेन्सन काउन्टर उद्घाटन, शाखा स्थानान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपाल एसबिआई बैंक लि. ले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत  राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत  राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत  यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत  रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित मन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।