२०८१ आश्विन ५ , शनिवार

भारतीय इन्स्टाग्राम इन्फ्लुएन्सरको रिल्स बनाउँदा झरनामा चिप्लिएर मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं।

तन्नेरीमाझ रिल्स र टिकटक बनाउने क्रेज व्यापक छ । कतिपय अरुले भन्दा भिन्न स्टाइलको भिडियो बनाउन मरिहत्ते गर्छन् । चुनौती मोलेरै खोला, नदी, खोल्सा, झरनादेखि तालमा समेत भिडियो बनाउन उनीहरु रुचाउँछन् । नेपालमा समेत यो घटना पछिल्लो समय बढिरहेको देखिन्छ ।

यही क्रममा भारतको मनगाउँ जिल्लामा यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ । रिल्स बनाउने क्रममा २७ वर्षीया कामदार ३०० फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन् । उद्धार गर्दासम्म उनी जीवितै थिइन् । तर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।

रिल्स बनाउन उनी सात जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्द्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् ।