२०८१ पुष ११ , बिहिवार

महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं।

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर (त्तच्) कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ ।

यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको महालक्ष्मी विकास बैंकले जनाएको छ ।यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् ।

ग्राहकले आवदेन गरे पश्चात ग्राहकले रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्ने बैंकले जनाए ।