२०८१ कार्तिक ३० , शुक्रवार

राम के.ए.सी.को नाटक अनुत्तर नाचघरमा मञ्चन

Capture

सुनाखरी न्युज/ काठमाडौं।

पछिल्लो समय, आवाज बिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगीरहेको देश र हाम्रो यथार्थ नै हो । युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् ।

अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुठ्नु पर्छ, कि त उनले मरूभूमिको यात्रा तय गर्नुपर्नेहुन्छ । नाटक अनुत्तर, एवंरितले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्बिर हो ।

यिनै विषयवस्तुलाई उठान गरेर सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साझँ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन भईरहेको यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेको छ । यस नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहेको छ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको छ ।
यस नाटकको टिकट दर रु। ३००/- र ५००/- रहेको छ ।