२०८१ कार्तिक १७ , शनिवार

जापानमा महामारीपूर्वको तुलनामा पर्यटक आगमनमा वृद्धि

japan

सुनाखरी न्युज/ काठमाडौं।

जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख बढी विदेशी पर्यटकलाई स्वागत गरेको जनाएको छ ।जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार दिएको छ भने एक करोड ७७ लाख ८० हजारको नयाँ रेकर्ड कायम गरेको जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार जनाएको छ ।कमजोर येनले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकले जापानी परम्परागत कपडा किमोनोस, जापानी चक्कुलगायत मूल्यवान खानाबाट मनैदेखि आनन्द लिने गर्छन् ।

जनवरीदेखि जुनको आँकडाले सन् २०१९ को एक करोड ६६ लाख ३० हजारको उच्च स्तरलाई उछिनेको छ, जसका कारण क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीपरिषद् बैठकमा पर्यटकलाई ग्रामिण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै स्थानमा पर्यटकको घुइचो लाग्ने र कतै खाली हुने प्रवित्तिविरूद्ध हामीले आगन्तुकहरूलाई ग्रामीण क्षेत्रमा पुग्न प्रोत्साहन गर्नुपर्छ । ती क्षेत्रले पर्यटकलाई परम्परागत जापानी संस्कृति र खानाको स्वाद पस्कन्छ र उनीहरूलाई बृहत् खुशी प्रदान गर्छ ।”

जापानले सन् २०२४ मा तीन करोड ५० लाख विदेशी पर्यटक भित्राउने अपेक्षा गरेको छ र यसका लागि आठ ट्रिलियन येन (५० अर्ब अमेरिकी डलर) पर्यटक खपत हुने अनुमान गरिएको छ ।महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ को पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख पर्यटक जापान आएका थिए ।

सन् २०३० सम्ममा वार्षिक छ करोड पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखिएको छ, जुन सन् २०१९ को तीन करोड १८ लाख ८० हजार पर्यटकभन्दा दोब्बर हो ।तर केही विदेशी आगन्तुकहरूको अमर्यादित व्यवहार र शिष्टाचार उल्लङ्घनबाट केही बासिन्दाहरू पहिले नै थकित भइसकेका छन् ।गत मे महिनामा माउन्ट फुजी नजिकैको एउटा सहरमा अधिकारीहरूले फोटो खिच्न नदिन एउटा कन्भिनेन्स स्टोरको छेउमा रहेको लोकप्रिय दृश्य स्थलमा ठूलो अवरोध खडा गरेका थिए ।

ज्वालामुखीको सबैभन्दा लोकप्रिय हाइकिङ ट्रेलमा नयाँ भीड नियन्त्रण उपायहरू राखिएको छ, जसमा अब दुई हजार येन (करिब १३ अमेरिकी डलर) को प्रवेश शुल्क र वैकल्पिक दान समावेश छ ।हिमेजीका मेयरले आफ्नो किल्लाका लागि प्रसिद्ध पश्चिमी जापानी शहरले पर्यटकलाई विश्व सम्पदा क्षेत्र भ्रमणका लागि स्थानीयभन्दा चार गुणा बढी शुल्क तिर्नुपर्ने बताउनुभयो । यसले विश्वबजारमा कमजोर बनेको येनलाई मजबुत पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान गर्नेमा जापानी अधिकारी विश्वस्त देखिने गरेका छन् ।  रासस/एएफपी