२०८१ माघ ३ , बिहिवार

प्रधानमन्त्रीमा ओलीलाई गरिएको नियुक्ति विरूद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

Suprime Court

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ।

आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

रिट निवेदकहरूले धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाएर यसअघि प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको प्रधानमन्त्री नियुक्त हुनुपर्ने जिकिर गरेका छन्।उनीहरुले राष्ट्रपतिको कार्यालय र संघीय संसद सचिवालयलाई विपक्षी बनाएका थिए ।