२०८१ मंसिर १० , सोमवार

भारतसँग युरोपको आपूर्तिकर्ता बन्न सक्ने ठूलो अवसर

india flag

सुनाखरी न्युज/ काठमाडौं ।

स्विस संसदका सदस्य तथा स्विस–भारत संसदीय समूहका अध्यक्ष निक गुगरले युरोपेली देशमा फैलिरहेको सस्तो चिनियाँ उत्पादनबारे बढिरहेको चिन्ताका बीच भारतसँग युरोपमा आफ्नो आपूर्ति विस्तार गर्ने ठुलो अवसर रहेको बताउनुभएको छ ।

“भारतको लागि यो ठूलो मौका हो भन्ने हामीलाई लाग्छ”, गुगरले भन्नुभयो ।“हामीलाई अन्य देशबाट सस्तो उत्पादनहरू आवश्यक पर्दैन र हामीसँग उनीहरूसँग स्वतन्त्र व्यापार सम्झौता छ जहाँ हामी उच्च गुणस्तरीय सेवासँगै काम गर्न चाहन्छौँ भनेर विश्वलाई देखाउने मौका छ र यो सही अवसर हो,” उहाँले अगाडि थप्नुभयो ।

युरोपेली युनियनले विद्युतीय सवारी साधन, सौर्य प्यानल र विन्ड टर्बाइनलगायत सस्तो चिनियाँ उत्पादनहरू उनीहरूको बजार र स्थानीय हितलाई हानी पुर्याउने कुरामा चिन्ता व्यक्त गर्दै आएको छ ।यसबाहेक भारतमा रहनुभएका स्विस सांसदले भारत र चार युरोपेली देश (स्विट्जरल्यान्ड, आइसल्याण्ड, नर्वे र लिचेन्स्टाइन) बिचको व्यापार र आर्थिक साझेदारी सम्झौताको विषयमा पनि कुरा गर्नुभएको छ ।

भारत–युरोपेली स्वतन्त्र व्यापार सङ्घले सन् २०२४ को मार्च १० मा व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) मा हस्ताक्षर गरेको थियो । सन् १९६० मा यसको चार सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार र आर्थिक एकीकरणको प्रवर्द्धनका लागि स्थापित एक अन्तर–सरकारी संस्था टिइपिए हो ।यो स्वतन्त्र व्यापार सम्झौता भारतले युरोपका चार देशहरूसँग गरेको पहिलो व्यापार सम्झौता हो । यसले दुवै पक्षका लागि विभिन्न अवसरहरू प्रदान गरेको छ ।

“मुम्बईमा पहिलोपटक आइतबार व्यापार र आर्थिक साझेदारी सम्झौतासम्बन्धी कार्यक्रम हुनेछ,” उहाँले भन्नुभयो ।उहाँले भारत–स्विजरल्याण्ड द्विपक्षीय सम्बन्धबारे पनि कुरा गर्नुभयो ।“हामी भारत–स्विजरल्याण्ड सम्बन्धको ७६औँ वर्षमा छौं । हामीले हाम्रो मित्रता सन्धिबाट मात्र नभई हाम्रो स्वतन्त्र व्यापार सम्झौताबाट पनि सुरु गरेका छौं,” उहाँले भन्नुभयो ।  रासस/एएनआई