सुनाखरी न्युज/ काठमाडौं ।
श्रावणको पहिलो सोमबार आज ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।
यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् ।