२०८१ मंसिर १२ , बुधवार

पटक–पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

अन्तर दिनको कारोबारमा पटक–पटक २५ विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ। केही समयअघिसम्म बजार वृद्धिको क्रममा रहँदा पनि सुरूमा लगानीकर्ताहरू नेप्से यो तहसम्म पुग्ने अड्कलबाजीमा थिए। त्यसैले सोही विन्दु आसपास पुगेपछि लगानीकर्ताले ठोस निर्णय लिन नसकेका देखिन्छ।

सोमबार अन्तरदिनको कारोबारमा नेप्से २५ सय ४ विन्दुसम्म पुगेको थियो। यो २०७८ चैत यताकै उच्च विन्दु हो।बजार बढ्दै जाँदा पछिल्लो समय यो थप उचाइमा पुग्ने धेरैको दाबी छ। त्यसैले, २५ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा बजार धेरै बढ्न नसकेको उनीहरू बताउँछन्।

केही दिनदेखि लगातार बढेको बजारमा सामान्य करेन्सन हुने अपेक्षा गरिएको थियो। किनभने गत साउन १ गतेदेखि बजार बढेको छ। साउन १ गते यतामात्रै बिना करेक्सन नेप्से २४७ अंकले बढेको छ।यस विपरीत सोमबार नेप्से सामान्य (२.१५ अंक) बढेर २४८८.०९ विन्दुमा बन्द भएको छ।त्यसैले पनि बजारले अहिले स्पष्ट दिशा लिन नसकेको हो। कारोबार रकम केही घटेको भए पनि यो पछिल्लो दिनहरूको औसत कारोबारभन्दा उच्च नै हो।

यस दिन १३ अर्ब ९१ अर्ब रूपैयाँको कारोबार भएको छ। आइतबार १५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३२ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३०९ वटा धितोपत्रको तीन करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच भएको हो।सोमबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ। यस्तै, छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।