२०८१ मंसिर १० , सोमवार

अध्ययन समिति बन्ने सहमति सँगै टुंगियो न्यूरोडको फुटपाथ विवाद

Newroad

सुनाखरी न्युज/ काठमाडौं ।
न्यूरोड क्षेत्रको फुटपाथ विस्तारमा देखिएको विवादमा सहमति भएको छ।

महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँगको वार्तामा सोमबार वडा नम्बर २१ मा फुटपाथ विस्तार रोक्ने सहमति भएको वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए।

उनका अनुसार वडा नम्बर २४ मा भइरहेको फुटपाथ विस्तारको काम सकिनेछ भने अन्य ठाउँमा अध्ययन गरी सोही अनुसार काम गरिने छ।

 

महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारी नेतृत्वमा आठ सदस्यीय अध्ययन समिति गठन गरिएको छ। यस्तै उक्त समितिले मंसिर २ गते अध्ययन प्रतिवेदन बुझाउनु पर्ने बताइएको छ।