सुनाखरी न्युज/ काठमाडौं ।
होटल संघ नेपालका पूर्व अध्यक्ष सांग्रिला होटलका संस्थापक तथा नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व श्याम बहादुर पाण्डेको असामयिक निधनप्रति होटल संघ नेपालले गहिरो दुःख प्रकट गर्दै स्वर्गिय पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
निजामती सेवा छोडेर सफल होटल व्यवसाय गर्नु भएका स्व. पाण्डे मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरुको सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरे वापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मानहरु उहाँले प्राप्त गर्नुभएको हो ।
स्वर्गिय पूर्व अध्यक्ष पाण्डेलाई होटल संघ नेपालले ह्यान हल अफ फेम (HAN Hall of Fame) सम्मानबाट २०२४ मा विभूषित गरेको छ । १९९१ देखि १९९३ सम्म होटल संघ नेपालको अध्यक्ष रहँदा स्व. पाण्डेले यस क्षेत्रको विकास र सम्वद्र्धनमा पर्याउनु भएको योगदानहरुको स्मरण गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सदा सक्रिय रही प्रभावकारी नेतृत्व प्रदान गर्नुहुने स्वर्गिय पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको होटल संघ नेपालले जनाएको छ ।