सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।सोमबार प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।