२०८१ पुष ११ , बिहिवार

एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त

Capture

सुनाखरी न्युज/ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम मिति २०८१/०४/०७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्माज्यू समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीज्यूले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

उहाँको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको बताए ।