२०८१ मंसिर ८ , शनिवार

भारतीय बजेटको प्रभाव: सुनचाँदीमा भन्सार महशुल घटाउन सरकारलाई पर्यो दबाब

gold-1-1024×777

सुनाखरी न्युज/ काठमाडौं ।
आगामी आर्थिक वर्ष ९आव० को बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेकी छन् । नेपाल सरकारले भने गत जेठ १५ गते आव २०८१र८२ को बजेट सार्वजनिक गर्दै सुन आयात गर्दा लाग्ने भन्सार महशुल १५ बाट बढाएर २० प्रतिशत पुर्‍याएको छ । नेपालमा सुन आयात गर्दा हाल २० प्रतिशत र चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार महशुल लाग्छ ।
भारतले सुनचाँदीमा लाग्ने भन्सार महशुल भारी मात्रामा घटाएपछि नेपालमा पनि सोहीअनुसार दर हेरफेर गर्न सरकारलाई दबाब परेको छ । भन्सार महशुल कटौतीसँगै भारतमा सुनचाँदी नेपालको तुलनामा धेरै सस्तो हुने देखिएसँगै सरकारलाई नयाँ दिल्लीकै पदचाप पछ्याउन दबाब परेको हो ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेकी छन् । नेपाल सरकारले भने गत जेठ १५ गते आव २०८१र८२ को बजेट सार्वजनिक गर्दै सुन आयात गर्दा लाग्ने भन्सार महशुल १५ बाट बढाएर २० प्रतिशत पुर्‍याएको छ । नेपालमा सुन आयात गर्दा हाल २० प्रतिशत र चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार महशुल लाग्छ ।

नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल बढाउँदै सुनका गहनाको मूल्य बढाउने नीति लिँदा भारत सरकारले भन्सार घटाएर सुनचाँदीका गहनाको मूल्य घटाउने नीति लिएको छ । यसले खुला सीमाबाट अनधिकृत आयात बढ्ने जोखिम ह्वात्तै बढाएको सुनचाँदी व्यवसायी बताउँछन् ।

भारत सरकारले गत माघ ८ गते सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल बढाएको थियो । उच्च दरमा सुन आयात बढ्दा व्यापारघाटा बढेको भन्दै भारत सरकारले सुन र चाँदी आयातमा लाग्ने १० प्रतिशत भन्सार महशुललाई १५ प्रतिशत बनाएको थियो । ५ प्रतिशत बिन्दुले भन्सार महशुल बढाएको ६ महीनापछि ९ प्रतिशत बिन्दुले घटाएको छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारी भारतले सुनचाँदीमा कर घटाउनुको मुख्य कारण चीनबाट नेपाल हुँदै हुने सुनचाँदी तस्करी नियन्त्रण गर्नु ठान्छन् । भारतले सुनचाँदीमा भन्सार महशुल घटाउँदा विभिन्न देशबाट नेपाल हुँदै भारतमा गरिने तस्करी कम हुने उनी बताउँछन् । भारत ठूलो बजार भएकाले नेपालबाट तस्करी हुँदा ठूलो मात्रामा नेपालको विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ ।

तस्करहरूले विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषण उतै रोकी त्यसबाट सुन किनेर नेपाल हुँदै भारत तस्करी गरेको आशंका राष्ट्र बैंकले गर्दै आएको छ ।

सुनेपालभन्दा भारतमा मूल्य कम हुँदा उताबाट सुन तस्करी भएर आउने खतरा बढेको अर्थविद् अधिकारीले बताए ।

अर्थ मन्त्रालयको राजस्व महाशाखाका एक उच्च अधिकारीले भारतले घटाएको भन्सार महशुल र नेपालमा लाग्ने दरबारे अध्ययनको तयारी भएको छ ।