सुनाखरी न्युज/ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ ।
केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।