२०८१ पुष ८ , सोमवार

सुनचाँदीको मूल्य घट्यो

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।