२०८१ पुष ८ , सोमवार

टेलिकमको १९८ नम्बारबाट फाइबर नेट प्याकेज परिर्वतन गर्न सकिने

Nepal-Telecome

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका FTTHसेवाका प्याकेजहरु परिवर्तन समेत गर्न  सकिने  टेलिकमले बताएको छ।

यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NtTV)का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा(A’la Carte)शुल्क प्रणाली बमोजिमका Basicतथा Premium Packageखरिद गर्न सकिने व्यबस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु subscriptionगर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

यस सेवा सञ्चालनसँगै FTTHसेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने कम्पनीको भनाइ छ ।