२०८१ मंसिर १२ , बुधवार

यी १५ कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

kalo sachi

सुनाखरी न्युज/ काठमाडौं ।

विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेका १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।

कार्यालयले बिहीबार सूचना जारी गरेर १५ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा पनि लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।