२०८१ मंसिर ९ , आइतवार

चर्कियो धोविखोलाको पुल,आवागमनमा बन्द

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको धोविखोलास्थित पुल चर्किएपछि सवारी साधन निषेध गरिएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १० र ११ जोड्ने रोजबर्ड स्कुलसँगै रहेको पुल चर्किएपछि सवारीसाधन निषेध गरिएको छ।

केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बिहीबार दिउँसो वडा नम्बर ११ कार्यालयले उक्त पुल नै बन्द गरिदिएको छ। पुलको रिटेनिङ वालमा समस्या आएर जोखिम भएपछि बन्द गरिएको हो। पुल जान नमिल्ने गरी छेकबार लगाइएको छ।