२०८१ आश्विन ५ , शनिवार

हलमा लागे नेपाली फिल्म ‘ ईश्वर ‘ र ‘ ब्ल्याक छाया ‘

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ प्रदर्शनमा आएका हुन् ।राजु गिरी निर्देशित ‘ईश्वर’ प्रेम र विछोडको कथा हो । यसमा देशप्रेमको कथा पनि समेटिएको छ । सुनिल थापा, अनु शाह, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङ र शिशिर बाङ्देलले यो फिल्ममा अभिनय गरेका छन् ।

शुक्रबार नै रिलिज भएको अर्को नेपाली फिल्म ‘ब्ल्याक छाया’मा पारिवारिक, सामाजिक र प्रेमकथा समेटिएको छ । यसमा पनि कलाकारको भीड छ । यो फिल्म सीमित हलमा मात्र लागेको छ ।

आरएल लामा मोक्तान निर्देशित यो फिल्ममा जान्ह्वी बस्नेत, नीर शाह, बुद्धि तामाङ, सलोन बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, रवीन्द्र झा, सुनिल थापा लगायतको अभिनय छ ।