२०८१ मंसिर १२ , बुधवार

मौद्रिक नीति सार्वजनिकः नीतिगत दर र बैंकदर घटाइयो

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर ‍घटाएको हो ।

नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ ।

बैंकदर ७ प्रतिशतबाट ६।५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ ।