२०८१ पुष ८ , सोमवार

मौद्रिक नीतिमा सुनचाँदी: सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गरिने

monitory policy

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । लचिलो तवरले ल्याइएको नीतिले निर्माण क्षेत्रलाई बढी नै सुविधा दिएको छ ।

सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने राष्ट्र बैंकको घोषणा छ ।

 

यस्तै बैंक तथा वित्तिय क्षेत्रको कर्जा प्रवाह र शेयर बजारलाई पनि नीतिले राम्रो प्राथमिकता उदएको छ ।
यसले नीतिगत र बैंक दर घटाएको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत र बैंक दर ‍घटाएको हो ।

 

नीतिगत दरलाई ५-५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ । बैंकदर ७ प्रतिशतबाट ६।५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३।० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ ।

 

पूर्ण पाठ