२०८१ पुष १० , बुधवार

पेरिस ओलम्पिकको उद्घाटन आज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल मेला पेरिस ओलम्पिक २०२४ को आज उद्घाटन हुँदैछ । गृष्मकालीन ओलम्पिकको यो ३३ औं संस्करण हो ।जुलाई २६ देखि अगस्ट ११ सम्म पेरिसमा हुने ३२९ खेलमा २०६ राष्ट्र र क्षेत्रका करिब १०,५०० खेलाडीले ओलम्पिक पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालका ७ खेलाडी पनि सहभागी हुनेछन् ।

उनीहरूले ३२ खेलको ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।ओलम्पिक इतिहासमै यस पटक भिन्न तरिकाले उद्घाटन समारोह हुँदैछ । पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह स्टेडियमभित्र हुने छैन । यो पेरिस स्थित सेन नदीमा हुनेछ ।

नेपालबाट टेबल टेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछन् ।श्यान्टु दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकमा छनोट भएका हुन् भने मनिता महादेशको कोटाबाट छानिएकी हुन् ।नेपालबाट यस पटक ७ खेलमा ७ खेलाडी सहभागी हुँदैछन् ।

श्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल रहेका छन् ।एथ्लेटिक्स खेलाडी सन्तोषी बाहेक उद्घाटन समारोहमा नेपालका सबै खेलाडी उपस्थित हुनेछन् । सन्तोषीले प्रतिस्पर्धा गर्ने महिला म्याराथन अन्तिम दिन रहेकोले उनी जुलाई ३० मा मात्र पेरिस जानेछन् ।