२०८१ मंसिर १२ , बुधवार

विमान दुर्घटनामा ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ ।त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका छन् । तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।

शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै योबारे टुंगो लाग्नुपर्ने र त्यसपछिमात्रै शव बुझ्ने भनिरहेका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।