२०८१ मंसिर १२ , बुधवार

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

nepal stock exchange

 

सुनाखरी न्युज / काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से)  परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । रासस