सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ।शुक्रबार प्रतितोला तीन सय रूपैयाँ घटेकोे सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।