२०८१ मंसिर ११ , मंगलबार

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

paspupati temple

सुनाखरी न्युज/ काठमाडौं

आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ ।

यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।

गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।