२०८१ मंसिर १० , सोमवार

अमेरिकामा ग्यास स्टेसनमा कार्यरत नेपालीको हत्या

oli 6

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकाको टेक्सासमा एक नेपालीको हत्या भएको छ । टेक्ससको वेको सिटीनजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत ३० वर्षीय नेपाली दीपक वलीलाई लुटेराले गोली हानेर हत्या गरेका हुन् ।  अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्यास स्टेसनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।

रुकुमको बाँकेकोट–१० घर भएका वली गत वर्षमात्र अमेरिका आएका हुन् । नेपालमा उनको ५ वर्षीया छोरी, पत्नी र मातापिता मात्र छन् । मृतक वली ग्रीनकार्डको प्रकृयामा रहेको बताइएको छ । लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्यास स्टेसनमा पुगेर लुटेका थिए । अधिकारीहरूले घटनाको बारेमा वलीको परिवारलाई खबर गरिसकेको जनाइएको छ। घटनाको बारेमा थप अध्ययन भइरहेको छ।