२०८१ मंसिर १० , सोमवार

प्रभु बैंकको ३०८ औ र ३०९ औ शाखा सञ्चालनमा

Capture

सुनाखरी न्युज / काठमाडौं ।

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०४/१३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आप्mनो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लि.ले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।