२०८१ आश्विन ५ , शनिवार

‘घर नम्बर २’मा आर्यन सिग्देल अनुबन्धित

Capture

सुनाखरी न्युज / काठमाडौं ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा : घर नम्बर २’ को मुख्य भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल-ड्रामा फिल्ममा जोडिएका हुन् । निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भइसकेपनि उनको भूमिकाबारे भने केही खुलाइएको छैन ।

आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो फिल्म बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग फिल्म क्षेत्रमा बढेको देखिन्छ ।यो फिल्मको छायाङ्कन साउनको २५ गतेबाट सुरु हुँदै छ । निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए ।