२०८१ पुष १० , बुधवार

पेरिस ओलम्पिक : जुडोमा नेपालकी मनिता अन्तिम ३२ को खेलमा पराजित

Capture

सुनाखरी न्युज / काठमाडौं ।

पेरिस ‌ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्।

उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०-० अंकको अन्तरले पराजित भइन्।

यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ।यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा आफ्नो पहिलो खेलमै पराजित भएका थिए।