२०८१ मंसिर १२ , बुधवार

२७ सय अंक पुगेर झर्‍यो सेयर बजार,साढे १९ अर्ब नाघ्यो कारोबार

Share-Working

सुनाखरी न्युज / काठमाडौं ।

सोमबार नेप्सेमा करेक्सन आएको छ।यसदिन नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ।सोमबार अन्तर दिनको कारोबारमा पटक–पटक २७ सयको विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।

सोमबार अन्तरदिनको कारोबारमा नेप्से २७ सय ३५ विन्दुसम्म पुगेको थियो।बजार बढ्दै जाँदा पछिल्लो समय यो थप उचाइमा पुग्ने धेरैको दाबी छ। त्यसैले, २७ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा आज बजारमा करेक्सन देखिएको हो।

यसदिन कारोबार रकम ३६ महिनाकै उच्च भएको छ।आज १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।आजको कारोबार रकम त्यसयताकै उच्च हो।आइतबार भने १५ अर्ब ८१ करोड रूपैयाँको कारोबारको सेयर कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो।