२०८१ पुष ११ , बिहिवार

आमा छोरा मिलेर एक व्यक्तिको हत्या

hatya-murder

सुनाखरी न्युज / काठमाडौं ।

धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिट गरी एक जनाको हत्या भएको छ ।धनुषाधाम नगरपालिका–२, मङ्गलपुरमा धारिलो हतियार प्रहारबाट सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए ।बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते भएका स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छिन् । सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।