२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘कल्ली’ निर्माणको घोषणा,पल र बेनिशाको सहकार्य

Capture

सुनाखरी न्युज / काठमाडौं ।
पल शाह र बेनिशा हमाललाई शीर्ष भूमिकामा लिएर लक्ष्मण सुनारले फिल्म ‘कल्ली’ निर्देशन गर्ने भएका छन् । यो फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रस्तुतकर्तामा किरण नेपाली छन् । ‘बुलाकी’ फेम्ड सुनारको यो आगामी निर्देशकीय फिचर हो । महेश दवाडीको पटकथा तथा संवाद हुने प्रेषित विवरणमा उल्लेख छ ।

छायांकनअघि टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको छ । ‘कल्ली’ को प्रदर्शन मिति समेत घोषणा गरिएको छ। फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।